-सफल घिमिरे
मैले भर्खरै गन्तव्य देखेँ'लाइट एट दि इन्ड अफ दि टनेल'
'सिल्भर लाइन्स अराउण्ड दि क्लाउड'
तिमी कता हरायौ ?
अँध्यारा सुरुङमार्ग भित्रका यात्राहरु
उज्यालो भविष्यको मलिन आशा
आज हामीले नभेटेको सयौँ दिन पछिको पहिलो दिन
तिमी बिलायौ भने मेरो गन्तव्य बिलाउँछ,
अनुनय !
नबिलाउनु तिमी
मेरा दृश्यहरुकी तिमी कञ्चन पात्र हौ
त्यसैले मस्तिष्कमा तिम्रो खाका कोरेको छु
आठ हजार आठसय अठ्चालीस भन्दा
एक इञ्चमाथि
अरुणोपत्यका भन्दा एक इञ्च तल
तिमी मेरो लागि यी उचाई र गहिर्राई भन्दा भिन्न छौ ।
त्यसैले म 'स्केल डाउन' गर्दैछु
हामीबीचका दूरिहरुलाई...
-०६।चैत्र।०६४ बुधबार
बाहिरी गाउँ, काठमाडौं
